​क्रान्तिकारी युवा संघर्ष समिति बारा द्वारा जारि गरियो प्रेस बिज्ञप्ति ।।
Posted on: Nov 07, 2018

साजिर मन्सूर 
कलैया,कार्तिक २१ 
क्रान्तिकारी युवा संघर्स समिति बाराले प्रेस बिज्ञप्ति जारि गर्दै परापुर्व कालदेखि चल्दै आएको महान पर्व दिपावली तथा छठको अवसरमा सबैतिर प्रकास छाओस र सबैको सुस्वास्थ्यको कामना गर्दै समस्तमा सुख शान्ति सम्बृदी तथा उतरोतर प्रगतिको कामना गरेको छ । समिति बाराका अध्यक्ष अरुण कुमार सिंह द्वारा हस्ताक्षरित बिज्ञप्तिमा नेपाल सरकार द्वारा संबिधान संसोधनको लागि समेत माग गरेको छ । यदि संबिधान संसोधन भएन भने देशमा भयङ्कर बदलाव आउने प्रबल सम्भावना समेत रहेको बिज्ञप्ति मार्फत सरकारको प्रधानमन्त्रि केपी शर्मा ओलीलाई  ध्यानाकर्षण गराउदै संविधान संशोधन यथाशिघ्र गर्न भनिएको छ ।
Comments