​बिश्वास एफएम कलैया द्वारा दिपावली तथा छ्ठ पर्वको अवसरमा सुभकामना आदान प्रदान सम्पन्न ।।
Posted on: Nov 07, 2018

साजिर मन्सूर
कलैया,कार्तिक २१
बारा पर्सा मकवानपुर र रौतहट सहित छिमेकी रास्ट्र भारतको बिहार र उतर प्रदेश राज्यको अधिकान्स शहरको श्रोताहरुको मनको ढुकढुकी बन्न सफल बिश्वास मिडिया प्राली द्वारा संचालित बिश्वास एफएम ९३।६ मेगाहर्ज परिवारले आज धनकी देबि लक्ष्मी पुजा एवम छठी माताको पुजा को अवसरमा सबै श्रोता बिज्ञापनदाता सुभचिन्तक तथा सुभचिन्तकहरुमा सुभकाम्ना ब्यक्त गरेको छ । एफएम का अध्यक्ष जैसवालले अहिले सम्म एफएम परिवारलाई प्राप्त सल्लह सुझाव तथा माया र सहयोग का लागि सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा समेत साथ र सहयोग प्राप्त हुने आशा ब्यक्त गरेका छन । सोही अवसरमा एफएम सम्पुर्ण परिवारले सबैमा सुखशान्ती समृद्धि तथा उतरोतर प्रगतिको कामना गरेका छन । एफएमका अध्यक्ष शन्नी कुमार जैसवालको अध्यक्षतामा आयोजना गरिएको सुभकामना आदान प्रदान कार्यक्रममा नेपाल पत्रकार महासङ्ह बाराको उपाध्यक्ष एवम ब्रोडकास्टिङ्ग एसोसिएसन अफ नेपाल प्रदेश नम्बर २ को कोषाध्यक्ष प्रीयन्का कुमारी दास,एफएम का प्रबन्ध निर्देशक साजिर मन्सूर,बजार ब्यवस्थापक शत्रुधन प्रसाद साह,रेडियो कार्यक्रम ब्यवस्थापक रन्जित यादब,वरिष्ठ प्राबिधिक अवध कुश्वाहा,समाचार डेस्कका रन्जु साह,अफ्साना खातुन, कार्यक्रम प्रस्तोता सन्जु कुमार राम,धर्मेन्द्र राम, शैफली अन्सारी एफएम कार्यालय सहयोगि गङ्गाजली देबि लगायतकाको उपस्थिति रहेको थियो । शत्रुधन प्रसाद साहको स्वागत रहेको कार्यक्रमको सन्चालन रन्जु साहले गरिकी थिइन ।
Comments