​किरण आखा अस्पताल बिरगंज द्वारा कलैयामा निशुल्क आखा शिबिर सम्पन्न ।।
Posted on: Nov 06, 2018

साजिर मन्सूर
कलैया,कार्तिक १९
बारा सदरमुकाम कलैया स्थित कलैया सनसाइन इङ्लिश बोर्डिङ स्कुल को सह आयोजनामा किरण आँखा अस्पताल बिरगंजले बोर्डिङ प्राङ्गणमा  निशुल्क आँखा सिबिर सम्पन्न गरेको छ । आज धनतेरसको अवसर पारेर बिपन्न तथा गरिब सहित आखामा समस्या भएकाहरुको निशुल्क आँखा जाँच गर्ने उदेश्यले सो सिबिरको आयोजना गरिएको डाक्टर अ्मर क्यालले बताए । आज गरिएको निशिल्क चेक जाचमा बोर्डिङ को बिद्यार्थी सहित जम्मा ४१० जना आखाका बिरामिहरुको चेक जाँच गरिएकोमा ३२ जनामा मोतिया बिन्दु भेटिएको आखामा चोट लागेको २ जना,फुल्ली परेको ३ जना,आसुको नलिमा समस्या २ जनामा र आखाको झिल्ली हटाउनु पर्ने डक्टर क्यालले बताए । बिद्यार्थीहरु मध्ये २५ जनाको आँखा कमजोर भएको पाइएकोले उनिहरुलाइ थप उपचारको लागि बोलाइएको छ । यसरी चेक जाँच गराएकाहरु मध्ये अप्रेसन गर्नु पर्ने बिरामिहरुलाई मङ्सिर ३ गते अस्पतालले आफ्नै गाडीमा कलैयाबाट लग्ने जसमा रु।२५०० मा औषधि चस्माको लेन्स,रगत जाँच, सहित खाना समेत खुवाउने र कलैया ल्याएर पुर्याउने क्यालले बताए । उनले चस्मा र अप्रेसन्मा ५० ५ छुट दिने पनि बताए । डक्टर अमर क्यालको नेतृत्वमा आज भएको निशुल्क चेक जाचमा सहयोगिहरु दिवाकर चौधरी,अनुराधा रमैया,अरुण कुश्वाहा,शेखर थापा र रोहित भट्ट रहेका थिए । सनसाइन बोर्डिङ का सस्थापक बन्टी गुप्ताको अध्यक्षतामा शुरु भएको आँखा सिबिरको उदघाटनमा बोर्डिङका प्रीन्सिपल सत्येन्द्र यादब,एमन प्रबिण,जगदिश ठाकुर,जयराम यादब,कलिमा खातुन,अन्जली जैसवाल,गुडिया मेहता, नवल किशोर यादब लगायतकाको उपस्थिति रहेको थियो ।
Comments