​रास्ट्रीय आरोग्य तथा धन्वन्तरी दिवस मनाइयो ।।
Posted on: Nov 05, 2018

साजिर मन्सूर
कलैया,कार्तिक १९
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कलैया बाराले आज रास्ट्रीय आरोग्य तथा धन्वनतरी दिवस मनाएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानिपुरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्राङ्गणमा सो दिवस मनाइएको हो । अहिलेको ज्यादै नै जटिल जीवन शैलीमा विभिन्न प्रकारको रोगहरु लाग्ने गरेको र सो को उपचारका क्रममा प्रयोग गरिने विभिन्न अङ्ग्रेजी औसधिको प्रयोगले समेत पछि गएर विभिन्न प्रकारका खतरापूर्ण रोग निम्तिने गरेकाले आयुर्वेदिक औषधिको प्रयोगमा कबिराजहरुले जोड दिएका छन । निमित कार्यालय प्रमुख सहदेव पन्डितको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कलैया उपमहानगरपालिका का प्रमुख प्रसासकिय अधिकृत शिव प्रसाद रिजाल,अतिथिहरु नेपाल ट्रेड युनियन बाराका सह सचिव राजेश गुप्ता,पुर्व वडा अध्यक्ष बिन्देस्वरी साह,समाजसेवी राम अश्रे साह,मैसुदिन मिया मन्सूर,पास्पत साह कानु कबिराज निरीक्षक दिपेन्द्र कुमार झा,नारद प्रसाद यादब,कार्यालय सहयोगी द्वय चान्सी प्रसाद साह र सन्दिप कुमार साह लगायतकाको उपस्थिति रहेको थियो ।
Comments