क्रीकेट प्रतियोगिता सप्पन्न ।।
Posted on: Nov 03, 2018

साजिर मन्सूर 
कलैया,कार्तिक १७ 
बारा सदरमुकाम कलैया उपमहानगरपालिका ७ स्थित दुर्गा माबी को प्राङ्गणमा सम्चालित रोयल क्रीकेट नक आउट प्रतियोगिताको उपाधी मदर्शा क्रीकेट क्लब कलैयाले जितेको छ । आज भएको फाइनलमा मदर्शाले ११ स्टार क्रीकेट क्लब बरेवालाई १९ रनले पराजित गरेको हो। आजको फाइनल खेल को म्यान अफ द म्याच र प्रतियोगिता कै उत्कट खेलाडी मदर्शाका चान्द रेयान भएका छन । बिजेता टिमका खेलाडीहरुलाई कलैया उपमहानगरपालिका का उप प्रमुख तथा समापनका प्रमुख अतिथी रहिमा खातुनले नगद रु ५ हजार सहित ट्रफी प्रमाणपत्र तथा मेडल बितरण गर्नुभएको थियो । उप बिजेता टिमका खेलाडीहरु लाई बिशिस्ट अतिथि बिश्वास एफएम कलैया का प्रबन्ध निर्देशक साजिर मन्सूर तथा कलैया उपमहानगरपालिका का नगर सभा सदस्य हकहित संघर्स समितिका सम्योजक शम्भु गुप्ताले ट्रफी प्रमाणपत्र दिएका थिए । प्रतियोगितामा म्यान अफ द म्याच भएका खेलाडी हरुलाई आदिल अन्सारीले प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता का सम्योजक तन्बिर आलमको अध्यक्षता तथा उप प्रमुख रहिमा खातुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम मा विभिन्न छेत्रका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सो अवसरमा उप प्रमुख खातुनले आयोजक ११ स्टार क्रीकेट क्लब बरेवालाई खेल सामग्री उपलब्ध गराउने बताएकि थिइन ।
Comments