​केशरिको बिदाई तथा साहको स्वागत ।।
Posted on: Nov 02, 2018

साजिर मन्सूर
कलैया,कार्तिक १६
बाराको प्रसौनी गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुनिल केशरिको बिदाई तथा वहाको स्थानमा आएका देवनाथ साह लाई भब्य स्वागत गरिएको छ । केशरिको प्रसंशा गर्दै गाउपालिका अध्यक्ष भोला गुप्ता र उपाध्यक्ष गिता साहले वहाले गाउपालिकाको लागि धेरै नै राम्रोसँग आफ्नो कर्तब्य निभाएको बताएका छन । केशरी प्रसौनी गाउपालिकामा १४ महिना १० दिन काम गरि घरेलु तथा साना उधोग कार्यालय बिरगंज पर्सामा प्रमुख भएर गएका छन । त्यस्तै नया आएका प्रमुख प्रसासकिय अधिकृत साह पर्साकै कालिका माई गाउपालिकाबाट सरुवा भएर आएका हुन । गाउपालिका का अध्यक्ष भोला गुप्ताको अध्यक्षता सम्पन्न बिदाई तथा स्वागत कार्यक्रममा उपाध्यक्ष गिता साह सहित सम्पुर्ण वडा अध्यक्ष तथा गाउपालिका परिवारको उपस्थिति रहेको थियो ।
Comments