​देवताल गाउपालिका द्वारा ५० थान साइकल बितरण ।।
Posted on: Nov 02, 2018

साजिर मन्सूर
कलैया,कार्तिक १६ 
बाराको देवताल गाउपालिकाले गाउपालिका का ३ वटा बिधालयका ५० जना जेहन्दार तथा बिपन्न छात्राहरुलाई साइकल बितरण गरेको छ । गाउपालिकाका अध्यक्ष चन्दन सिंहले गाउपालिकाले जेहेन्दार तथा बिपन्न छात्राहरुलाई साइकल बितरण गर्दा उनीहरुको पढाइमा निरन्तरता हुने र अरु बिधार्थिहरु समेत अध्ययनमा बढी ध्यान दिने अध्यक्ष सिंहले बताए । वहाले प्रदेश सरकारले ल्याएको बेटि बचाउ बेटि पढाउ अभियानम समेत यो कदमले सहयोग पुर्याउने सिंहले थपे । देवताल गाउपालिकामा एउटा पनि माबी बिधालय नरहेकोले यसमा आफुले बढि ध्यान दिएको र माबी गराए पश्चात् कोइ पनि बिधार्थी उच्च शिक्षा हासिल गर्न अन्य स्थानीय तहमा जानू नपर्ने बताएका छन । नेरा निमाबी पिप्राढी,नेरा निमाबी रौवाही इनरदेव निमाबी अमवाका ५० जना छात्राहरुलाइ सो साइकल बितरण गरिएको गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुलोतम पोख्रेलले जानकारी गराएका छन । साइकल बितरण कार्यक्रममा गाउपालिकाका समस्त वडा अध्यक्ष सहित सबै कार्यपालिका सदस्री र भद्र भलादमिहरुको उपस्थिति रहेको थियो ।
Comments