​कलैया बाट क्रीकेट खेलाडी नभए नेपाली क्रीकेट टिम अधुरो(मेयर राजेश राय यादब ।।
Posted on: Oct 27, 2018

साजिर मन्सूर
कलैया,कार्तिक १०
नेपाली रास्ट्रीय क्रीकेट टिमका लागि कलैया क्रीकेट क्लबको खेलाडी नभए राष्ट्रिय टिम अधुरो हुने कलैया उपमहानगरपालिका का मेयर राजेश राय यादबले बताएका छन । एन प्याबसन बाराको आयोजनामा आज देखि शुरु  जिल्ला स्तरीय अन्तर बिधालय टि २० क्रीकेट प्रतियोगिता को कलैया स्थित सिदेस्वर खेल परिसरमा उदघाटन गर्दै यादबले यस्तो बताएका छन । नेपाली रास्ट्रीय टोलिमा कलैयाका खेलाडीहरु हरपटक परेर यो कुरा साबित गरिसकेको बताए । सोही अवसरमा यादबले रास्ट्रीय अन्तरास्ट्रिय जगतमा कलैया र देशको नाम उच्च बनाउने खेल क्रीकेट भएकोले यसको बिकासमा आफुले हर सम्भव सहयोग गर्ने बताएका छन । प्याबसन बाराको अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहाको अध्यक्षता तथा कलैया उपमहानगरपालिका का प्रमुख राजेश राय यादबको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा बिशिस्ट अतिथी उप प्रमुख रहिमा खातुन,बारा क्रीकेट संघका अध्यक्ष प्रभात चौरसिया,कलैया क्रीकेट क्लबका अध्यक्ष तासिरुद्दिन मन्सूर,जिल्ला प्रसासन कार्यालय का शेरबहादुर थापा,एन प्याबसन का केन्द्रीय सह सचिव चन्दृका गुप्ता,केन्द्रिय सदस्य अलिमहमद अन्सारी, प्रतियोगिता सन्चालन समितिका सम्योजक मनोज यादब, कलैया उपमहानगर नगर सभा सदस्य हकहित सङ्हर्स समिका सम्योजक शम्भु गुप्ता,लगायतकाको उपस्थिति रहेको थियो । जिल्ला भरिका २० वटा बिधालय सहभागि प्रतियोगितामा रहेको मनोज यादबले बताए । मनोज यादबको स्वागत रहेको कार्यक्रमको सम्चालन वसन्त घिमिरेले गरेका थिए । प्रतियोगिता को मुख्य मिडिया पार्टनर बिश्वास एफएम कलैया रहेको छ ।
Comments