​पचरौता नगरपालिकाले कार्यालय सार्दै ।।
Posted on: Oct 26, 2018

साजिर मन्सूर 
कलैया,कार्तिक ९
बारा जिल्लाकै कान्छो नगरपालिका पचरौता नगरपालिकाले सेवा दिदै आएको बेनौली स्थित आफ्नो कार्यालय पकडियामा सार्ने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत नगरपालिकाका मेयर रमेश यादबले जानकारी गराएका छन । यादवले जिल्लाको सदरमुकाम कलैयामा पत्रकार सम्मेलन गरि सो जान्कारी गराएका छन । आजै सम्पुर्ण कार्यपालिका सदयहरुको बैठक बाट ५ वटा निर्णय भएको र सो निर्णयलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । निर्णयको पहिलो बुन्दामा कार्तिक ५ गते ज्ञापनपत्र बुझाउन जाने क्रममा भएको झडपमा घाइते भएकाहरुको शिघ्र स्वास्थ को कामना गरिएको छ । दोश्रो निर्णयमा ज्ञापनपत्र दिन जानेहरुलाई कुटपिट समेत गरि मर्णासन्न हुने गरि घाइते बनाउने तत्वहरुको गैर प्रजातान्त्रिक कार्यक्रम प्रती बोर्ड बैठकले खेद प्रकट गरेको छ त्यस्तै बोर्डले नगर उपप्रमुखको पिए लाई गैर जिम्मेवार र नगरपालिकाको हित बिपरित कार्यमा सम्लग्न भएको ले हाललाई हटाइएको बताएको छ । त्यस्तै कार्यालयको कर्मचारी हरुलाई गाली गलौज दिने धम्की दिने र कार्यालय को कामकाजमा खलल पुर्याउने तत्वहरुलाई आवस्यक कार्वाही तथा शान्ति सुरक्षाको लागि आवस्यक ब्यवस्था गर्न समबन्धित निकाय सङग माग समेत गरिएको छ । पत्रकार सम्मेलनमा पचरौता नगर प्रमुख रमेश यादब,वडा नम्बर २ का वडा अध्यक्ष मनोज यादब,४ का वडा अध्यक्ष कन्हैया लाल यादब,५ का वडा अध्यक्ष लक्ष्मी यादब,संघीय समाजबादी फोरम नेपाल बाराका सह सचिव मुर्तुजा अन्सारी जिल्ला सदस्यहरु अखिलेश यादब,शेशनाथ कुश्वाहा,पचरौता नगरपालिकाका प्रेस सम्योजक सिकेन्द्र साह लगायतकाको उपस्थिति रहेको थियो ।
Comments