​प्रदेश स्तरीय नक आउट कबड्डि प्रतियोगिताका लागि बारा कबड्डि संघ का खेलाडीहरुको भब्य बिदाई ।।
Posted on: Oct 17, 2018

साजिर मन्सूर 
बारा, असोज ३१ 
धनुषाको सबैला नगरपालिका मा आज देखि आयोजना भैरहेको प्रदेश स्तरीय नक आउट कबड्डि प्रतियोगितामा सहभागी हुन जाने बाराका खेलाडीहरुलाई एक कार्यक्रमका बिच भब्य बिदाई गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयमा आयोजना गरिएको बिदाई कार्यक्रममा बारा निर्वाचन छेत्र नम्बर ३ क बाट निर्वाचित प्रदेश सान्सद ज्वाला कुमारी साहले बाराका खेलाडीहरुलाई दशै को सुभकामना दिदै प्रतियोगिता जितेर आउने कामना सहित बिदाई गरेकी हुन । सोही अवसरमा वडा अध्यक्ष जलावदिन मन्सूरले कबड्डी खेलमा बारा सम्भवत देशमा बिगत ४९ बर्श देखि अभुतपुर्व योगदान दिदै आएको र अब्बल जिल्लामा पर्ने भएको र बारा कबड्डी संघका सबै खेलाडी प्राय जसो कलैया वडा नम्बर ३ ले उत्पादन गर्दै आएको भन्दै यो खेललाई उपमहानगरपालिका को एक नम्बर खेल बनाउन बोर्ड बाट सम्बन्धन दिलाउन प्रयास गर्ने बताए । वडा नम्बर ३ ले हाल सम्म कैयौ अन्तरास्ट्रिय खेलाडी देशलाई दिएको भन्दै यो गौरबको कुरा भएको यश अगाडि नै कलैयाका मेयर राजेश राय यादबले बताइसकेका छन   पुर्व कबड्डी खेलाडी समेत रहेका वडा अध्यक्ष जलाउदिन मन्सूरको अध्यक्षतामा गरिएको बिदाई समारोहमा बारा कबड्डि संघका अध्यक्ष महेश साह,उपाध्यक्ष फिरोज मन्सूर,अमृत शर्मा,अखिल क्रान्तिकारिका दिनेश यादव, नेकपाका मजनु मन्सूर,प्रवीण पटेल लगायतका को उपस्थिति रहेको थियो । कार्तिक २ गते सम्म चल्ने प्रतियोगितामा सहभागी खेलाडीमा राहुल मन्डल,सरोज यादब,प्रबेज आलम,अरमान मन्सूर,हरिओम मन्डल,बिजय चौधरी,राकेस पटेल,राज पटेल रहेका छन त्यस्तै टिम म्यानेजरमा अमरुल्लाह मन्सूर र प्रशिक्षकमा सन्दिप गुप्ता रहेको खेलाडी संगै रहेका बारा कबड्डी संघका अध्यक्ष महेश साहले बताएका छन । आज पहिलो खेलमा बाराले पर्सा सङ्ग प्रतिस्पर्धा गर्ने समेत साहले जानकारी गराएका छन ।
Comments