​२ नम्बर प्रदेश फेल भए देशको संघीयता नै फेल हुनेस्( सान्सद एकबाल मिया
Posted on: Oct 16, 2018

साजिर मन्सूर
बारा,असोज ३०
 बारा निर्वाचन छेत्र नम्बर ४ का निर्वाचित सान्सद एकबाल मियाले देशको बन जोगाउनु छ भने केवल बृछारोपण गरेर मात्र सम्भव नहुने बताउदै दिगो बन संरक्षणका निम्ति प्रमोशन र प्रोटेक्सन नीति ल्याउनु पर्ने बताएका छन । बारा बन प्राबिधिक संघले आयोजना गरेको सम्मान तथा दशै दिपावली र छठ को सुभकामना कार्यक्रममा सान्सद मियाले यस्तो बताएका हुन । उनले मानव रहितको चुरे संरक्षणले मात्र बन र जङगल बचाउन सकिने बताउदै मियाले बारामा बन्न लागेको अन्तरास्ट्रिय विमान स्थल केवल १३०० हेक्टरमा बन्ने भएको र यसमा बिना तुकको बहस गरेर प्रदेश नम्बर २ मा एसिया कै ट्रान्जिट हब को रुपमा बन्न लागेको निजगढ अन्तरास्ट्रिय विमान स्थल बन्न नदिने दुस्प्रयास भैरहेको बताएका छन । उनले ७ वटा प्रदेशमा कुनै पनि प्रदेशले आफ्नै प्रहरी एन बनाउन नसकेको समयमा २ नम्बर प्रदेशले एन बनाए सङै अरु सबै प्रदेश पनि त्यसको अनुसरण गरेको भन्दै मियाले २ नम्बर प्रदेश फेल भए देशको संघीयता नै असफल भएर जाने ठोकुवा गरेका छन । त्यस्तै वहाले बन डिभिजन कार्यालय बारालाई बाराको जनताको माग पूरा भए पश्चात् मात्र अन्य जिल्लामा काठ बिक्री बितरण गर्न सचेत गराएका छन । बन प्राबिधिक संघ बाराको अध्यक्ष तथा पुर्व बनस्पति बिभागका महानिर्देशक राजदेव प्रसाद यादबको अध्यक्षता तथा सान्सद एकबाल मियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि परवानिपुर गाउगाउपालिकाका अध्यक्ष हरिनारायण साह,बन डिभिजन कार्यालय बाराका प्रमुख ज्ञानेन्द्र मिश्र,नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास,गोपाल सेवा समितिका अध्यक्ष जङ्गबहादुर यादब,समाजसेवी रामधारी यादब सहित जिल्लाका बन प्राबिधिकहरुको उपस्थिति रहेको थियो। बन प्राबिधिक रहेका सान्सद मिया र साह जनता द्वारा निर्वाचित भएको खुसिमा दुबैलाई दोसल्ला ओढाएर जिल्ला अध्यक्ष राज्देव यादवले सम्मान गरेका थिए । कार्यक्रम को सन्चालन बन प्राबिधिक संघ बाराका सचिव अमर देव यादबले गरेका थिए ।
Comments