काठमान्डौमा बसेर बाराको विकासमा चिन्ता नगर्न वातावरण विदहरुलाई जिल्ला बन प्राबिधिक संघ बाराको आग्रह ।।
Posted on: Oct 05, 2018

साजिर मन्सूर 
बारा,असोज १९
वन प्राबिधिक संघ बाराले आज पत्रकार सम्मेलन गरि बिना मौसमको बाजा नबजाउन बाताबरण बिज्ञहरुलाई आग्रह गरेको छ । कलैयाको देवकिलाल धर्मशालामा पत्रकार सम्मेलन गरि संघले काठमान्डौमा बसेर आफुलाई ठुलो बाताबरण बिज्ञ ठान्नेहरुलाई बाराको बिकास संगै समग्र देशको ठुलो योजना रहेको दोश्रो अन्तरास्ट्रिय बिमानस्थलको काममा बाधा नभैदीन संघले आग्रह गरेको छ । बिभिन्न टेलिभिजन र पत्रपत्रिकामा बसेर आफूखुसी अन्तरबार्ता दिनाले योजना नै संकटमा पर्ने भन्दै संघले त्यस तर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघका अध्यक्ष एवं बनस्पति विभागका पुर्व महानिर्देशक राजदेव प्रसाद यादबले बारा प्राकृतिक हिसाबले धनि जिल्ला मद्ये भएकोले ८०४५ हेक्टर बन छेत्र अन्तारास्ट्रिय बिमानस्थल निर्माणको लागि छटयाइएकोमा सो मध्ये १५५० हेक्टरमा विमानस्थलको रुखहरु कटान गरि भौतिक संरचनाहरु निर्माण गर्ने प्रावधान भएकोले बाकि ६९९५ हेक्टर बन छेत्र एयर पोर्टको लागि रिजर्भ फरेस्टको रुपमा नराखी,काठ दाउराको आपुर्तिलाई मध्ये नजर राख्दै एक्टिभ फोरेस्ट म्यानेजमेन्टलाई निरन्तरता दिन माग गरेका छन् । सवा सय करोड जनता रहेको देश भारतको दिल्लीको इन्दीरागान्धी एयरपोर्ट जम्मा २ हजार हेक्टरमा रहेको बताउदै यो विमान स्थललाई किन यती ठुलो ८०४५ हेक्टर क्षेत्रफलमा बनाउनु पर्ने प्रश्न समेत गरेका छन । एयर पोर्ट सिटि बन बाहिर निर्माण गरि बन छेत्र न्यून छतीमा विमानस्थललाई दक्षिणं तर्फ लैजान संघले माग गरेको छ । विभिन्न समस्या सृजना गरी अन्तराष्ट्रिय विमान स्थल सार्ने हटाउने कार्य नगर्न र जिल्लामा बन्ने अन्तराष्ट्रिय विमानस्थल बनाउने कार्यमा संघ राज्यलाई सहयोग गर्न तयार रहेको बताएको छ । पत्रकार सम्मेलनमा संघका सह अध्यक्ष पुर्व वन अधिकृत रामानन्द प्रसाद कुर्मी,अमरदेव यादव,खुद्रुस मिया,हिरालाल जैशवाल,समाजसेवि जंगबहादुर यादव लगायतकाको उपस्थिति रहेको थियो ।

Comments