​ दिब्य ज्योति बचत तथा रिण सहकारी संस्था द्वारा रक्तदान कार्यक्रम सम्पन्न ।।
Posted on: Aug 25, 2018

साजिर मन्सूर
कलैया,भदौ ८ 
कलैया उपमहानगरपालिका १७ ब्रहम्पुरी मा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिब्य ज्योती बचत तथा रिण सहकारी संस्थाले आफ्नो छैठो बार्शिक उत्सवको अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको संस्थाका लेखा सम्योजक बनारसी साहले जानकारी गराएका छन । रक्तदान कार्यक्रममा महिला पुरुस गरि ६३ जनाले रक्तदान गरेको साहले बताए । रक्तदान जिवनदान भन्ने मुल नारालाई आत्मसात गर्दै प्रत्येक बर्स आफुहरुले यश किसिमका समाजिक र मानविय कार्य गर्दै आएको सन्स्थाका अध्यक्ष अमरदेव प्रसाद साहले बताए । कार्यक्रमलाई सफल बनाउन वडा अध्यक्ष देखि सबै स्थानीयहरुको भब्य उपस्थिति रहेको थियो ।
Comments