नेपाललाई जितको बधाई दिँदै वीरेन्द्र सहवागले भने स् यो त सुरुवात मात्रै हो
Posted on: Aug 04, 2018

काठमाडौं 
नेपालले आफ्नो ऐतिहासिक पहिलो एक दिवसीय श्रृंखला बराबरी गर्न सफल भएको छ । नेपालको यो ऐतिहासिक जितमा बधाईको ओइरो लागेको छ ।यसै क्रममा पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवागले नेपाललाई बधाई दिएका छन् । उनले ट्वीट गर्दै नेपाललाई जितको बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘हिजोको जितका लागि स्याबास, नेपाल । अन्तर्रा्ष्ट्रिय एकदिवसीय खेलमा पहिलो रोमाञ्चक जितका लागि बधाई । यो त सुरुवात मात्रै हो, शुभकामना छ ।’
Comments