हज यात्रिहरु माथि दोब्बरले बढाएको हज खर्च सरकारले यथाशिघ्र खारेज गर्नु पर्छ ः सांसद रामबाबु यादब
Posted on: Aug 01, 2018

साजिर मन्सूर 
कलैया,साउन १६ 
मुस्लिम धर्मावलम्बिहरुको पबित्र एवं सब भन्दा पुण्य स्थान मक्का मदिनामा हज गर्न जादा लाग्ने खर्च सरकारले अबिलम्ब हटाउनु पर्ने बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद रामबाबु यादबले  बताएका छन् । नेपाल मुस्लिम सेवा समिति बाराले आयोजना गरेको हज यात्रीहरुलाई सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै सांसद यादबले सरकारले कुनै पनि धार्मिक आस्था माथि कुनै पनि किसिमको कर लगाउनु धेरै नराम्रो काम भएको बताएका छन् । भगवान,अल्लाहको दर्शन गर्न जादा पनि कर लगाइनु त्यो पनि अबैज्ञानिक हिसाबले यो अति नै खराब हो भन्दै वहाले धर्म निरपक्ष राज्यमा यो हुनै नसक्ने बताएका छन् । उक्त कार्यक्रममा नै बोल्दै प्रदेश  सांसद द्वय पारस साह र महमद समिरले पनि आफुहरु यसको खारेजीको लागि प्रदेश सरकार मार्फत संघिय सरकारलाई दबाद दिने बताएका छन् । एक जना हज यात्रिहरुसंग सरकारले २ लाख २५ हजार उठाउने गरेको र उनीहरुलाई कुनै किसिमको सेवा सुबिधा पनि नदिने गरेको साथै कोटा भन्दा कम को नाम निकालेर हज कमिटीले पछि आफु अनुकुलका मान्छेहरुलाई हज गर्न पठाउने र उनीहरु संग प्रति व्यक्ति २० हजार देखि लाखौ सम्म उठाएर भ्रस्टाचार गर्ने गरेको पुर्व हज यात्री तथा कायर्कमको अध्यक्ष समाजसेवी महमद सगिरले दुखेसो व्यतm गरे । कलैया स्थित जामे मस्जिदमा समाज सेवी महमद सगिरको अध्यक्षता एवं जेष्ठ नागरिक एवम पुर्व हाजी ९६ वर्षिय फुलमहमद अन्सारिको प्रमुख आतिथ्यमा भएको सम्मान तथा बिदाई कार्यक्रममा  बिशिस्थ अतिथि सांसद रामबाबु यादब,प्रदेश सांसद द्वय पारस साह र महमद समिर,जिल्ला समन्वय समिति बाराका प्रमुख नवल किसोर शिंह, उप प्रमुख पवन ब्याहुत,प्रमुख जिल्ला अधिकारि गणेश भट्टराई,प्रहरी प्रमुख एसपी मिरा चौधरी,ससस्त्रका एसपी बलराम पोखरेल,कलैया उपमहानगरपालिकाका निमित प्रमुख प्रसासकिय अधिकृत गोबिन्द सिग्देल,लेखा अधिकृत मुस्ताक अन्सारी,बारा प्रहरी प्रवक्ता रंजित शिंह राथौड,रास्ट्रीय अनुसन्धानका अधिकृत रामशंकर केसी,नागरिक समाज बाराका अध्यछ उमेशलाल दास,गोपाल सेवा समितिका अध्यछ जंगबहादुर यादब,रामधारी यादब,कुर्मी समाजका अध्यछ रामचन्द्र क्रान्तिकारी,नेपाल ब्राह्मण समाजका अध्यछ दुर्योधन शुक्ला,नेपाल भारत मैत्री संघ बाराका अध्यछ हिरालाल साह ,अब्दुल रहमान रेयाजी,हज कमिटिका पुर्व सदस्य राजमहमद अन्सारी,नेपाल मुस्लिम इतिहाद संगठनका प्रदेश सदस्य अलिराज हवारी लगायतकाले बारा बाट यस बर्स जाने ४७ जना हजयात्रिहरुलाई सुभकामना सहित बिदाइ गरेका छन् । यस बर्स बारा बाट २९ जना पुरुस र १८ जना महिला हज यात्रामा जान लागेको इन्जिनियर जाकिर अन्सारीले बताए । जाने सबै हज यात्रीहरुलाई हजमा प्रयोग गरिने बिशेस किसिमको पोसाक एहराम समेत वितरण गरिएको छ । मुस्लिम र हिन्दु सबै एउटै फूलबारीका साझा फुल हौ भन्ने संदेश दिन प्रतेक बर्स झैँ यो बर्स पनि गोपाल सेवा समिति बाराले सबै हज यात्रीहरुलाई गम्छा ओढाएर बिदाई गरेको छ । महमद सहिद हवारिको स्वागत रहेको कार्यक्रममा हज यात्रा बारे कर्मुल्लाह मदनिले प्रकास पारेका थिए । कार्यक्रमको संचालन विश्वास एफ एमका प्रवन्ध निर्देशक साजिर मंसुरले गरेका थिए ।
Comments