सबलाई सहयोग गर्ने समाजसेवी अन्सारीलाई सहयोगको खाँचो, सबले मिलेर सहयोग गर्न समाजसेविहरुको आग्रह ।।
Posted on: Jul 25, 2018

साजिर मन्सूर 
कलैया,साउन ९
बारा प्रस्टोका गाबिस हाल प्रसौनी गाउपालिका वडा नम्बर ६ निवासी ६५ बर्सिय सम्सुदीन अन्सारी अरुको सुख दुख बुझ्ने महान विचारका धनि हुन् । आमाबुवा,छोराछोरी,पत्नी कोई नभएको एक्लो व्यतिm भएपनि उनले आफुसंग भएको ३ कठा खेतीयोग्य जमिन ९ धुर घडेरी समेत साबिक प्रस्टोका गाबिस वडा नम्बर ६ मा रहेको न्यु मदिना मस्जिदमा दान समेत गरे सारीरिक अवस्था ठिक भैन्जेल अरुको पिडामा आर्थिक सहयोगमा जुटिरहने अन्सारी यतिखेर आफै सहयोगको खोजीमा छन् । अन्सारीले गाउमा समसुल उलूम बिद्यालय निर्माण गरेका छन भने गाँउका बाटो घाटो निर्माण र अरुको छोरीहरुको बिहेबारिमा आर्थिक सहयोग समेत गर्न पछि नहट्ने अन्सारी अहिले जीवन र मृत्युको दोधारमा काठमान्डू बासबारी स्थित रहेको हार्मोनी होम केयर अस्पतालमा नसा रोगले ग्रसित भै उपचार गराइरहेका छन् । जसले उमेर,स्वास्थ्य अवस्था ठिक रहेसम्म अर्काका दुख सुख बुझ्ने उही अन्सारीलाई दुखको बेलामा प्रस्टोका निवासीहरु भेट्न त परै जाओस फोन पनि गर्दा फोन समेत उठौदैनन त्यसकारणले पनि अन्सारीलाई निकै चिन्ताले सताउन थालेको छ । गाँउ समाजका लागि मैले धेरै गरे तर अहिले मेरो अवस्था बारे कोइ कसैले वास्ता गर्दैनन् उनले दुखेसो गरे । प्रस्टोकामा हिन्दुहरुले आयोजना गरेको महायज्ञको उपाध्यक्षको भूमिका निर्वाह गर्दा तत्कालिन उपरास्ट्रपति परमानद झालाई आमन्त्रण गरि यज्ञ सफल बनाउनमा निकै सराहनीय भूमिका खेलेका उनले छठि माताको ब्रतमा समेत ब्रत बस्ने गरि हिन्दु मुस्लिम समुदायमा आपसी सदभाव कायम गर्ने काम पनि गरे । समाज परिवर्तन संगै उनको जीवन अहिले निकै कठिन मोडमा पुगेको छ । ढाडको नसा, दुइ खुटाका नसा सुकेर खुट्टा टेक्न नसक्ने अवस्था भएपछी बिरगंज स्थित रहेको नेसनल मेडिकल कलेजमा १ महिना, गंडक हेल्थ केयरमा १.५ महिना,काठमान्डौ स्थित टिचिङमा २ महिना हुदै अहिले बासबारिमा १० महिना देखि उपचार गराइरहेका छन् ।
उनको अहिले सम्म उपचारमा १३ लाख रुपैया लगाइसके पनि अहिले सम्म ठिक नभएका कारण जीवन र मृत्युको दोधारमा अस्पतालको शैयामा छटपटाइरका छन् उनले आर्थिक अभावले थप र भरपर्दो उपचार गराउन नसकेको अन्सारीले बिश्वास एफएम संग कुरा गर्दै बताएका छन् । यस्ता समाजसेवी र मनका धनि व्यक्तिको जीवन बचाउन बारा बासीहरुले सक्दो सहयोग गर्नु पर्ने बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए । काठमान्डौ टिचिङ र बासबारिमा उपचार गराईरहेको बेलामा पुर्व उपरास्त्रपति परमान्द झा, पुर्व सभामुख तारानाथ रानाभाट, पुर्व प्रम केसरबहादुर बिस्ट, पुर्व गृहमन्त्री बुद्धिमान तामांग, पुर्व मन्त्रि डाक्टर प्रकाश चन्द्र लोहनी, सुरेन्द्र पाण्डे, सुनिल थापा, लगायतकाले भेटघाट गरेपनि बारा जिल्लाका मन्त्रि सांसदहरु भेट्न न आएको अन्सारीले दुखेसो गरे अन्सारीको उपचारमा लागेको खर्च मध्ये बासबारी हार्मोनी अस्पतालमा करिब ३ लाख बाकि रहेको अस्पतालको संचालिका रोसा श्रेष्ठले बताइन । वहालाई हेर्न कोइ मान्छे छैन खाना लाउन पनि समस्या रहेको हुदा मानवता बुझी आफुले अस्पतालबाट खाना र हेरचार गर्नका लागि प्रबन्ध मिलाएको समेत श्रेष्ठले बताइन । अहिले पनि १÷१ महिनामा टिचिंङ्ग अस्पतालमा लैजानु पर्दछ त्यसको पनि व्यवस्था आफुले गरिदिने गरेको श्रेष्ठले भनिन । अन्सारीले आँखाबाट आसु झार्दै म बाच्न चाहन्छु समाजसेवा गर्न चाहन्छु अरुको दुख सुखमा सामेल हुन् चाहन्छु भन्दै अस्पतालको सैयाबाट जीवन जोगाइदिनका लागि बाराका निर्वा्चित सांसद, प्रदेश सांसद सहित समस्त निर्वा्चित जनप्रतिनिधि र जिल्ला बासिसंग सहयोगका लागि आग्रह समेत गरेका छन । अस्पतालका शैयाबाट मोबाइल नम्बर ९८४५३१४२६६ बाट फोन गरि खासगरी बाराका निर्वा्चित सासदहरु उमाकान्त चौधरी, रामसहाय यादब, रामबाबु कुमार यादब, एकबाल मिया, प्रदेश सांसद जितेन्द्र सोनल, पारस साह, ज्वाला साह लगायत सबै प्रदेश सभा सदस्यलाई जीवन जोगाइदिन सहयोगको अपक्षा लिएको छु अन्सारीले सुनाए । यता समाजसेविहरुले उनको भरणपोषण र थप उपचारका लागि भनेर चन्दा संकलन गर्न राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय महाराजगँज काठमान्डौंमा बचत खाता नम्वर ११५००४१९३७१० खोलेर समाजसेवि समसुदिन अंसारीलाई सहयोग गर्न अपिल गरेका छन । अतः हामि सबै सधै सवैलाई सहयोग गर्ने समाजसेवि समसुदिन अंसारीलाई सके जति सहयोग गर्न बाराका समाजसेवि द्धय जंगबहादुर यादव र महमद सगिरले अनुरोध गरेका छन ।
Comments