उपमेयर रहिमा खातुन द्धारा तेक्वान्दो खेलाडीहरुलाई खेल सामग्री वितरण ।।
Posted on: Jul 08, 2018

साजिर मन्सूर 
कलैया,असार २४ 
कलैया उपमहानगरपालिकाको उप मेयर रहिमा खातुनले तेक्वान्दो खेलाडिहरुलाई खेलकुद सामग्री वितरण गर्नु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्ष जटाशंकर सहनीको अध्यक्षता तथा उपमेयर रहिमा खातुनको प्रमुख आतिथ्यमा भएको खेलकुद सामग्री वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टी बाराका अध्यक्ष मुक्ति यादब, अमित शिंह, उपमेयर खातुनको स्वकिय सचिव आदिल अंसारी लगायत तेक्वान्दो खेलाडीहरुको उपस्थिति रहेको थियो । खेलाडीहरुको बिकासको लागि आफु सधै अगाडी रहेको उपमेयर रहिमा खातुनले बताएकी छन् । आउने आवमा खेल र खेलाडी को बिकासको लागि आफुले चाहिने जति बजेट राख्ने बताएकी छन् ।
Comments